नेपाल मानव अधिकार सगंठन तारकेश्वरद्धारा लोकतान्त्रिक चोकमा दीप प्रज्वलन

काठमाडौं । नेपाल मानव अधिकार संगठन तारकेश्वर नगरपालिका शाखाले ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस अवशरमा दिप प्रज्वलन गरेको छ ।

कुशल स्वस्थ बनौ मानव अधिकारको लागि उठौ ,कोरोना मुक्ति शान्ति सामाजिक सद्भाव र राजनीति स्थिरताको कामना,भन्ने नारा साथ लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको हो ।

नेपाल मानवअधिकार सगंठन तारकेश्वर नगरपालिका अध्यक्ष हरि तिमिल्सिनाले नेपाल मा अहिले मानवअधिकारको अबस्था अहिले दयनीय रहेको र यसको सुधारको लागि राज्यले ध्यान दिनु पर्ने बताए ।