संसद विघटन संविधान विपरितः पूर्व राष्ट्रपति यादव

काठमाण्डौँ, पुष १६ । काँग्रेसले वर्षेनी मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज तीर्थ ट्रस्टले राजधानीमा कार्यक्रमको आयोजना गरेको छ ।

विहीवार आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव लगायत विभिन्न काँग्रेस नेता तथा शुभेच्छुकहरु सहभागी थिए । कार्यक्रममा पूर्व राष्ट्रपति यादवले राजनीतिमा मेलमिलापको खाँचो रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताउँदै संसद बिघटनको कार्य संबिधान विपरित भएको बताएका छन् । यो कदमले देशलाई अनिश्चितताको बाटोमा धकेलेको यादवको निश्कर्ष छ । संविधान, लोकतन्त्र र राष्ट्रियतालाई संसद विघटनले दुरगामी असर पार्ने दावी गरे ।

२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह लगायत नेता मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै कार्यक्रमका वक्ताहरुले वर्तमान समयमा मेलमिलापका बारेमा मन्थन गरेका थिए ।

कार्यक्रममा ट्रस्टका अध्यक्ष तीर्थराम डंगोलको, संस्थापक तेज माया डंगोल, उपाध्यक्ष एवं पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, नेपाली कांग्रेस काठमाण्डौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँ लगायत उपस्थित थिए । साथै कार्यक्रमका बीचमा ट्रस्टले इतिहास विद योगेन्द्रमान श्रेष्ठ, लोकतान्त्रिक योद्धा शिव प्रसाद कंगाल, साहित्यकार नारायण देवी श्रेष्ठ, पत्रकार अजय बाबु सिवाकोटी निर्मला आचार्य लगायत सम्मानित पनि भएका छन् ।

१६ पुष २०७७, बिहीबार