नुवाकोटमा पनि कोभिड १९ विरुद्धको खोप आजबाट लगाइँदै

नुवाकोट, १४ माघ । संघ र प्रदेश सरकारहरुले कोभिड खोपको अभियान सुरु गरेकै दिन नुवाकोट जिल्लामा पनि पहिलो चरणको खोप आजदेखि सुरु हुने भएको छ ।
पहिलो चरणमा प्राथमिकताका आधारमा खोप प्रदान गरिने विदुर नगरपालिकाले जनाएको छ ।
सुरुमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाईकर्मी ,एम्बुलेन्स चालक तथा दाहसंस्कारमा खटिने सुरक्षाकर्मीलाई सुरुमा खोप दिन लागिएको हो ।
कोभिड १९ विरुद्धको खोप सेवा जिल्लाको त्रिशुली अस्पतालको खोप केन्द्रबाट सञ्चालन हुनेछ ।