शिवपुरी गाउँपालिकाको स्वास्थ्य स्वयंसेवीकाहरु लाई २ दिने जिवन सुरक्षा तालिम प्रदान..

माघ १४ । वर्न हार्ट वल्ड वाईल्डको सहयोग तथा व्यवस्थापनमा शिवपुरी गाउँपालिकाको वडा नंः ८ थानापतीमा स्वास्थ्य स्वयंसेवीकाहरु लाई २ दिने जिवन सुरक्षा तालिम दिइएको हो । वर्न हार्टको Network of safety project मार्फत स्वास्थ्य स्वयमसेविकाहरु लाई तालिम प्रदान गरिएको हो ।

वर्न हार्ट वल्ड वाइल्डका प्रशिक्षक कविन्द्र रेग्मीले प्रशिक्षण दिनुु भएको तालिममा शिवपुरी गाउँपालिकाका १४ जना स्वास्थ्य स्वयमंसेवीकाको उपस्थिति रहेको थियो । यस तालिममा सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाहरुलाई सुरक्षा चक्की उपलब्ध गराइएको थियो, जस्ले सुत्केरी हुँदा महिलाहरुको धेरै रगत बगेको अवस्थामा मृत्यु हुन बाट बचाउने बताइएको छ । वर्न हार्ट वल्ड वाईल्डले शिवपुरी गाउँपालिकामा आमा समूहहरु बनाएर स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।