तारकेश्वर नगरपालिका कृषि शाखाको सुचना

तारकेश्वर माघ १८। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तारकेश्वर नगरपालिकाको सम्पूर्ण वडाहरुमा कृषि कार्यक्रम सञ्चालन हुने भएको छ।

तारकेश्वर नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत नगरपालिका को ११ ओटै वडामा खाध्यान्न बाली (धान, मकै, गहुँ) आलु र तरकारी बाली,दलहन ,तेलहन, मसला बाली,फलफूल,आदि मौरी,कन्य तथा गोब्रे च्याउ, प्लास्टिक घरमा खेती लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यस कृषि कार्यक्रममा सहभागी हुन फागुन २ गते भित्र नगरपालिका को कृषि शाखामा आवेदन फारम भर्न नगरपालिकाले सुचना प्रकाशित गरेको छ।