शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो: अपांगता भएका शिक्षकहरुको विवरण
तारकेश्वर माघ, २३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले अपाङ्गता भएका शिक्षक र कर्मचारीहरुको विवरण माग गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका विद्यालय, एकिकृत विद्यालय, विशेष विद्यालय, स्रोत कक्षा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको विवरण उपलब्ध गराउन ७७ ओटै जिल्लाको शिक्षा विकास तथा समन्वय ईकाइलाई निर्देशन दिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माघ २१ गते सुचना प्रकाशित गर्दै १५ दिन भित्र केन्द्रमा विवरण पठाउन निर्देशन दिएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ , नुवाकोटका प्रमुख अर्जुन श्रेष्ठले तारकेश्वर अनलाईनलाई जानकारी दिए।