दुबै मृगौला फेल भएका रसुवाका लेखनाथ खनालको उपचारमा आर्थिक समस्या

तारकेश्वर फागुन १ । रसुवा उत्तरगया गाउँपालिका वडा नं ५ वनुवाका लेखनाथ खनालको दुवै मृगौला फेल भएपछि हाल त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

खनालको दुवै मृगौला फेल भएकाले स्वास्थ्य अवस्था बिग्रँदै गएको र तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएको छ।

खनाल परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण परिवारहरु शोकमा डुबेका छन्।

खनालको मृगौला प्रत्यारोपणमा ४० लाख सम्म खर्च हुन सक्ने अस्पताल स्रोतले बताएको छ।

आहिले सम्म आफन्तहरु बाहेक बाहिरबाट खासै सहयोग नभएको र जम्मा भएको पैसा पनि औषधि उपचारमा सकिसकेको लेखनाथ खनालकी दिदि सावित्री खनालले बताएकी छन् ।

लेखनाथको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक चावहिल शाखाको बासुदेव खनाल र साबित्री खनालको नाममा रहेको खाता नं :११५०१०००४३९२४०१० मा रकम जम्मा गरि सहयोग गरेर खनालको ज्यान बचाउन परिवारले अपिल गरेको छ ।

पिडित खनाललाई प्रत्यक्ष भेटेर सहयोग गर्न चाहनेले सावित्री खनाल :९८४११६१७०७

बासुदेव खनाल :९८६०६५९६८७

शिव आचार्य :९८६०५८६८५१ मा सम्पर्क गर्न सकिने परिवारले बताएको छ ।

१ फाल्गुन २०७७, शनिबार