तारकेश्वर नगरपालिकामा दोहोरीयो बर्ड फ्लूको संक्रमण: नियन्त्रणमा नगरपालिकाको लापरबाही

तारकेश्वर फागुन १ । काठमाडौंको तारकेश्वर नगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन।
नगरपालिकाको वडा नं ८ मा केहि समय अगाडी बर्डफ्लु भेटिएको थियो।
तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा, पशुपन्छी शाखा,र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त प्रयासमा फ्लू नियन्त्रणमा लिईसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताएका थिए ।
नगरपालिकाले पुर्ण रुपमा नियन्त्रणमा आईसकेको भनेको बर्डफ्लु शुक्रबार वडा नं १ मा कृषकले पालेको हाँसमा देखिएको छ ।
तारकेश्वर नगरपालिकाले फ्लू नियन्त्रणमा लापरबाही गरिरहेको देखिन्छ।
तारकेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष विदुर सापकोटाले तारकेश्वर अनलाईनलाई बताउँदै भने – हामीले बर्डफ्लुको नियन्त्रणका लागि निरन्तर सक्रिय भएर काम गरिरहेको छौं।