अनेरास्ववियु नुवाकोटको आयोजनामा नुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुने

तारकेश्वर फागुन , ३ । आखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटको आयोजनामा नुवाकोटमा वृहत रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ।
अनेरास्ववियु नुवाकोटको आयोजनामा फागुन ८ गते शनिबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार प्राङगणमा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
” सम्पुर्ण प्रगतिशील देशभक्त, वामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔं” भन्ने मुल नाराका साथ वृहत रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको आयोजक अनेरास्ववियु नुवाकोटका विद्यार्थीहरुले बताए।