तारकेश्वर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्ने भएको छ

तारकेश्वर फागुन ,३ । तारकेश्वर नगरपालिकाले आ.व २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको सुचिकरण गर्ने भएको छ ।

नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने बेरोजगार नागरिकहरुले आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन सकिने नगरपालिकाले बताएको छ ।

तारकेश्वर नगरपालिकाले सोमबार सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सम्पूर्ण सम्पुर्ण बेरोजगारहरुलाई रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको नगरपालिकाको रोजगार संयोजक प्रतिमा अधिकारीले जानकारी दिइन्।

३ फाल्गुन २०७७, सोमबार