नुवाकोटमा २ हजार ९ सय जनाले लगाए कोभिड विरुद्धको खोप

नुवाकोट फागुन, ५ । नुवाकोट जिल्लामा दोस्रो चरणको कोरोना भाईरस ( कोभिड-१९ ) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

नुवाकोटमा पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्थानीय तहका सरसफाई कर्मचारी, शव व्यवस्थापनका सुरक्षाकर्मी गरी जिल्ला अस्पताल त्रिशुलीबाट १५ सय ७६ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका थिए।

नुवाकोटमा दोस्रो चरणको खोप अभियान फागुन २ गते आइतबारबाट सुरु भएको थियो।

दोस्रो चरणको खोप अभियानमा पत्रकार, बैङ्कका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरु, खानेपानी, विद्युत कार्यलयका कर्मचारी, सुरक्षाकर्मी र पहिलो चरणमा छुटेका हरुलाई खोप लगाईदै छ।

फागुन ३ गते सोमबार सम्म जिल्ला अस्पताल त्रिशुलीमा मात्र लगाउँदै आएको खोप ४ गते मंगलबारबाट तादी गाउँपालिकाको खरानीटार अस्पतालबाट पनि खोप लगाउन सुरु गरिएको हो।

दोस्रो चरणको ४ दिनमा जिल्ला अस्पताल त्रिशुलीबाट १२ सय ७३ जनाले र खरानीटार अस्पतालबाट मंगलबार र बुधबार दुई दिनमा १ सय १७ जना गरि जम्मा १३ सय ९० जनाले दोस्रो चरणको खोप लगाएका छन्।

नुवाकोटमा खोप सुरु भएको दिन देखि आज बुधबार सम्म खोप लगाउने मानिसहरूको संख्या २ हजार ९ सय ६६ पुगेको जिल्ला अस्पताल त्रिशुलीका सुचना अधिकारीले तारकेश्वर अनलाईनलाई बताए।

उनले तारकेश्वर अनलाईनलाई बताउँदै भने नुवाकोटमा दोस्रो चरणको खोप अभियान ६ गते विहिबार सम्म चल्ने भएपनि आवश्यकता अनुसार समय थप गरिने छ ।