तारकेश्वर नगरपालिकामा नयाँ कोरोना संक्रमितकाे संख्या शुन्य !

तारकेश्वर, ६ फागुन । तारकेश्वर नगरपालिकामा नयाँ कोरोना संक्रमितकाे संख्या शून्य रहेकाे नगर स्वास्थ्य शाखाले दावी गरेकाे छ ।
नगरले दिएकाे तथ्याङक हेर्दा माघ १७ गतेदेखि कोरोनाको कसैलाई पनि संक्रमण देखिएको छैन ।
तारकेश्वर नगरपालिकामा माघ १७ गतेसम्म जम्मा २ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भएकाे छ ।
त्यस्तै निको हुने मानिसको संख्या २ हजार ३ सय ५६ पुगेको तथ्यांक उतारिएकाे छ भने ७ जनाको मृत्यु भएकाे छ ।
हाल तारकेश्वर नगरपालिकामा कोहिपनि संक्रमीत नरहेको र संक्रमित सबै निको भइसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले जिकिर गरे ।
काेराेना खाेप आएसँगै परीक्षण गराउनेकाे संख्या घटेकाे छ भने सरकारले पनि परिक्षणलाई नजरअन्दाज गरेकाे छ । जसले गर्दा पछिल्लाे समय संक्रमित भएका बिरामी यकिन विवरण अद्यावधिक हुनसकेकाे छैन ।
६ फाल्गुन २०७७, बिहीबार