तारकेश्वर नगरपालिकाको वडा नं ५ मा विहिबार जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर र प्रयोगशाला परीक्षण हुँदै

तारकेश्वर फागुन ,१० । तारकेश्वर नगरपालिका वडा नं ५ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर र प्रयोगशाला परीक्षण गर्ने भएको छ।

तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा तथा स्वस्थ्य शाखाको आयोजनामा हुन लागेको कार्यक्रममा वडा नं ५ मा स्थायी बसोबास गर्ने ७० बर्ष माथि उमेर समुहका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर र प्रयोगशाला परीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रम फागुन १२ गते बिहीबार विहान ११ बजे बाट तारकेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यालय मनमैजुमा हुने छ ।

साथै वडाले न्यानो कपडा पाउने जेष्ठ नागरिकहरुको नाम समेत प्रकाशित गरिसकेको छ।

 

१० फाल्गुन २०७७, सोमबार