तारकेश्वरमा दोस्रो चरणको कोरोना खोप पहिलो दिनमै ३ सय ३२ जनाले लगाए

तारकेश्वर २३, फागुन । तारकेश्वर नगरपालिकामा दोस्रो चरणको कोरोना भाईरस कोभिड-१९ विरुद्धको खोप आज पहिलो दिन ३ सय ३० जनाले लगाएका छन । दोस्रो चरणको पहिलो दिन आज जेष्ठ नागरिकहरुले कोभिड विरुद्धको खोप लगाएका हुन् ।                                                                                                                    तारकेश्वर नगरपालिकामा वडा नं ८ को वडा कार्यालय र धर्मस्थली स्वास्थ्य चौकी दुई ठाउँबाट खोप सेवा सन्चालन गरिएको थियो । आइतबार सन्चालन भएको खोप अभियानमा वडा नं ८ बाट महिला ९८ जना र पुरुष १ सय जना गरि १ सय ९८ जना र धर्मस्थली स्वास्थ्य चौकीमा महिला ५५ जना र पुरुष ७९ जना गरि १ सय ३३ जना गरि जम्मा तारकेश्वर नगरपालिकाका ३ सय ३२ जना जेष्ठ नागरिकहरुले कोभिड विरुद्धको खोप लगाएका हुन् ।                                                                                 तारकेश्वरमा दोस्रो चरणको खोप अभियान लगातार ९ दिनसम्म चल्ने तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले तारकेश्वर अनलाइनलाई बताए । नेपाल सरकारले दोस्रो चरणमा कोभिड १९ विरुद्धको खोप जेष्ठ नागरिकहरुलाई दिने निर्णय गरेर आज देशभरनै जेष्ठ नागरिकहरुले कोभिड विरुद्धको खोप लगाएका छन् ।

२३ फाल्गुन २०७७, आईतवार