२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक

 

तारकेश्वर २६, फागुन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।

जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ ।

सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने भएको छ ।

जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितजेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

जेठ १८ गते सामाजिक जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ भने २० गते ऐच्छिक गणित र ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले बताएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।