यसरी पक्राउ परिन भारतमा कोठी सन्चालन गर्ने नुवाकोटकी चमेली

तारकेश्वर २९, फागुन । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको तथ्य सार्वजनिक भएको छ ।

नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।

प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको शुक्रबार पक्राउ गरेको हो ।

उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको पाइएको छ ।

साथै उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बसेको कुरा प्रमाणित भएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो । उनको सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।