बलात्कारको आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद सजाय

तारकेश्वर ३, चैत्र । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलाले बलात्कारको झुटो आरोप लगाएको भन्दै जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला सुनाएको हो

 

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतले बताएको छ