तारकेश्वर नगरपालिकाको स्वास्थ्य चौकीहरुमा न्युनतम मापदण्ड सुदृढीकरण कार्यक्रम सन्चालन

तारकेश्वर ३ , चैत्र । तारकेश्वर नगरपालिकाको स्वास्थ्य चौकीहरुमा न्युनतम मापदण्ड सुदृढीकरण कार्यक्रम सन्चालन भइरहेकाे छ ।

गत फागुन २४ र चैत्र १ गते सन्चालन भएको कार्यक्रम यो हप्तामा निरन्तर सन्चालन हुने छ । तारकेश्वर नगरपालिकामा रहेको एउटा प्राथमिक स्वास्थ्य केन्द्र,६ ओटा स्वास्थ्य चौकी र ५ ओटा शहरी स्वास्थ्य केन्द्रहरू रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा न्युनतम सेवा सुविधा के कति छन त्यसको मुल्याङ्कन न्युनतम मापदण्ड सुदृढीकरण कार्यक्रम भएको तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताए।

 

नगरपालिका विरामी मैत्री स्वास्थ्य संस्था वनाउने अभियानमा रहेको स्वास्थ्य शाखा प्रमुख शाहले तारकेश्वर अनलाइन सँगको कुराकानीमा बताए । तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकामा विभिन्न समयमा जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

३ चैत्र २०७७, मंगलवार