टोखामा मृत भेटिएका युवकको हत्या अभियाेगमा तीन पक्राउ

तारकेश्वर ४ , चैत्र । महानगरीय प्रहरी परिसर काठमाडौंले टोखा नगरपालिका वडा नं ३ सुर्य दर्शनहाईटका २३ वर्षीय आशिष लिम्बुको हत्यामा संलग्न रहेका ३ जना अभियुक्तलाई बुधबार सार्वजनिक गरेको छ ।
लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
आशिष लिम्बुसँग सामान्य झगडा भएको र झगडाकै रिसिइवीमा हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनकारी दिएको छ ।
गत फागुन २९ गते टोखा नगरपालिकाको मालुङ स्थित बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । अभियुक्त ३ जनालाई कारवाहीको र थप अनुसन्धान अघि बढाईएको प्रहरीले बताएको छ ।