लागुऔषध सहित एक जना पक्राउ
तारकेश्वर ५, चैत्र । पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लागूऔषधको रूपमा प्रयोग हुने नाइट्रो भ्याट ट्यावलेटसहित पोखरा वडा नं १३ संगम टोल बस्ने बर्ष २१ को टिङ्कु भनिने सागर परियार पक्राउ परेको कास्की प्रहरीले बताएको छ ।
परियारलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ३८९ ट्याब्लेट नाइट्रो भ्याट र एक थान मोबाइलसहित घरबाटै पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले बताए ।
परियारलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।