आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

तारकेश्वर ५, चैत्र । उदयपुरको आफ्नै आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय गर्ने फैसला भएको छ ।

जिल्ला अदालत उदयपुरले ५६ वर्षीय हजुरबुबालाई नातिनिको बलात्कार गरेको कसुरमा आजीवन कारावासको सजाय फैसला गरेको हो ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको एकल इजालासले बुधबार नातिनीलाई बलात्कार गरेको कसुरमा आजीवन कारावास र ४० हजार दण्ड जरिवाना गर्ने र पिडित राहत कोषमा ४ लाख जम्मा गर्नुपर्ने फैसला गरेको हो ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरी पुरुषलाई पक्राउ गरेर अनुसन्धान गर्दै मुद्दा दर्ता गरेर पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।