तारकेश्वर नगरपालिकाको नविन नगर उपभोक्ता तथा टोल सुधार समितिको वनभोज कार्यक्रम सम्पन्न

तारकेश्वर ८, चैत्र । तारकेश्वर नगरपालिकाको वडा नं ९ मा पर्ने नविन नगर टोल सुधार समितिको शनिबार वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

वनभोज कार्यक्रम नुवाकोट जिल्लाको पर्यटकीय स्थल ककनी गाउँपालिकाको ककनी पार्कमा आयोजना भएको थियो ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यता तथा उपप्रमुख भवानी डोटेलको विशेष आतिथ्यता रहेको वनभोज कार्यक्रममा, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडाध्यक्ष विदुर सापकोटा, वडा नं १० का वडाध्यक्ष अमृत थापा लगायतका नविन नगर टोलका मानिसहरूको उपस्थिति रहेको थियो।

वनभोज कार्यक्रममा एक सयको हाराहारीमा मानिसहरूको उपस्थिति रहेको नविन नगर उपभोक्ता तथा टोल सुधार समितिका अध्यक्ष सुसान्त न्यौपानेले जानकारी दिए ।

वनभोज कार्यक्रममा लोक तथा दोहोरी गायिका पार्वती बानियाको रमाइलो प्रस्तुती समेत रहेको थियो।

वनभोज कार्यक्रममा नविन नगर भित्र बसोबास गर्ने समाजसेवीहरुलाई सम्पन्न पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो ।

टोल सुधार समितिले प्रत्येक वर्ष वनभोज कार्यक्रम गर्दै आएको र यस वर्षबाट टोलका समाजसेवी नागरिकहरुलाई पनि सम्मान गरिएको नविन नगर उपभोक्ता तथा टोल सुधार समितिका अध्यक्ष न्यौपानेले तारकेश्वर संवादमा बताए ।