सर्मिला वाइबाले बानियाँटारमा गरिन् आत्महत्या प्रयास, वीर अस्पतालमा उपचार हुँदै
काठमाडौं, १८ फागुन । सामाजिक सञ्जालमा अतिरञ्जित कुराहरु गर्ने सर्मिला वाइबाले बानियाँटारस्थित डेरामा आत्महत्याको प्रयास गरेकी छिन् ।
अचेत अवस्थामा अस्पताल पुर्याएकी उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । आत्महत्या प्रयासका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय पत्रकार ऋषि धमलासँग जोडिएको विषयले वाइबाको चर्चा चुलिएको थियो ।