कोरोना विरुद्धको खोप लगाएका व्यक्तिमा पुन संक्रमण

तारकेश्वर १० , चैत । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका एक व्यक्तिमा पुन संक्रमण पुष्टी भएको छ ।
गत फागुन २३ गते कोरोना विरुद्धको खोप लगाएका काठमाडौंका ७५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताएका छन ।
खोप लगाएपछि मानव शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने चिकित्सकले बताएका छन ।
सोमबार टेकु अस्पतालमा ७४ जनाको कोरेना परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो ।
टेकु अस्पतालमा ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा रहेका छन ।
१० चैत्र २०७७, मंगलवार