नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई नाकामै १० वटासम्म मास्क दिने
तारकेश्वर १३, चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा सम्म मास्क दिने निर्णय गरेको छ ।
बुधबार बसेको आईसीएस कमाण्डको बैठकलेउक्त निर्णय गरेको हो ।
आइसीएस कमाण्डका अध्यक्ष एवं स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सिमा नाकाका हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीले नेपाल छिर्ने प्रत्येकलाई उपलव्धताको आधारमा ५ देखि १० थान मास्क दिने व्यवस्था मिलाएको बताएका छन ।
उनले हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुले नेपाल छिर्ने नागरिकलाई मास्क घरमा गएर १० दिन छुट्टै बस्न समेत आग्रह गर्ने गरेको जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कोरोनाको सम्भावित संक्रमण रोक्न मास्कको निकैनै महत्वपूर्ण भूमिका हुने भन्दै यो निर्णयले सम्भावित जोखिम हटाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
पछिल्लो दिन भारतमा एक दिनमै ५० हजार बढीमा संक्रमण देखिन थालेपछि खुल्ला सिमा रहेको नेपालमा समेत त्यसको प्रभाव देखिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
इपिडिमियोलोजीका अनुसार पछिल्लो चार दिनमा भारतीय सिमा नाकाबाट नेपाल प्रवेश गर्दै गर्दा सिमा नाकाको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको छ ।
नेपालमा विभिन्न स्थल नाकाबाट दैनिक ३५०० देखि ४००० सम्म नागरिकहरु नेपाल प्रवेश गर्दछन् ।