नुवाकोट सिसडोलका स्थानीयवासीसँग कामपाको अनुरोध,फोहर व्यवस्थापनमा सहयोग गरिदिनु
नुवाकोट १७, चेत । काठमाडौँको फोेहर व्यवस्थापनमा सहयोग गरिदिन नुवाकोट ल्याण्डफिल साइट , सिसडोलका प्रभावित बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ ।
नुवाकोट ल्याण्डफिल साइटका प्रभावितले समय–समयमा काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन कार्यमा अवरुद्ध गरेका कारण विज्ञप्ति निकालेको हो।नुवाकोट ल्याण्डफिल साइटका स्थानीयवासीले पछिल्लोपटक चैत १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको फोहोर नुवाकोट लैजान रोकोका छन् ।
विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
नुवाकोटको फोहरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर नुवाकोट तर्फ फोहर लैजान अवरोध गरिरहेका छन ।
शुरुमा दुई वर्षका लागि भनेर १३ वर्षसम्म फोेहर व्यवस्थापन
काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको र उक्त समस्याको समाधान पनि नगरेको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आइरहेका छन् ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदैआएको छ भने सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लैजाने गरिएको छ ।