कोरोना विरुद्धको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाइने

चैत १७, तारकेश्वर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९) विरुद्धको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारीमा रहेको बताएको छ ।

पहिलो प्राथमिकतामा परेकाहरुलाई दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको हो , जुन प्राथमिकतामा ४ लाख ५० हजार जनाले खोप लगाउनेछन् ।

स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले पहिलो प्रथमिकतामा खोप लगााउने छन ।

चीनबाट ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोपर भारतबाट २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी नेपालले हालसम्म ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।