बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

 

तारकेश्वर २०, चैत । बालयौन दुराचारको आरोपमा कास्की जिल्लाको पोखराबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-१८ अमेरिकाको क्यालिफोरनिया स्थायी घर भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोर भन्ने एक अमेरिकी नागरिकलाई गएको मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ती नागरिक सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

नोरम्यान टेलोर सँग भएको ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ ।