आज मिति २०७७ साल चैत २७ गतेको राशिफल
आजको पंचांग
२०७७ साल चैत्र २७ गते शुक्रबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
चैत्र कृष्ण पक्ष त्रयोदशी भोलि बिहान ५:०६ बजेसम्म
नक्षत्र- शतभिषा ६:२० सम्म त्यसपछि पू.भा.
योग-शुक्ल दिउसो ०१:४५ बजेसम्म
करण-गर दिउसो ४:०६ बजेसम्म
चन्द्रमा- कुम्भ राशि
तदनुसार अप्रिल ९ २०२१
आजको राशिफल
मेष:-पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ ।
बृष:-फजुल खर्च हुने सम्भाबना रहेको छ लेनदेनमा पनि बिचार पुर्याउनु होला। आर्थिक पक्षमा केहि समस्या भोग्नुपर्ने देखिन्छ।लेनदेनमा सजग रहनुहोला। पढाइ लेखाइ को क्षेत्रमा भने मन सन्तोष रहनेछ।काम कारोबारमा सामान्य असर आउन सक्ने देखिन्छ। सतर्क रहनुहोला।
मिथुन:-सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सा
कर्कट:-कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।
सिंह:-मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
कन्या:-प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
तुला:-व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।
बृश्चिक:-बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ
धनु:-आधुरा रहेका काम कारोबारले पुर्णता पाउनेछन् ।नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछन् ।उद्योग ब्यापारबाट सोचेअनुरुप लाभ लिन सकिनेछ ।उपयुक्त काम गर्ने बाताबरण सृजना हुनेछ।शारीरिक तथा मानसिक रुपमा सक्षम भइनेछ। आर्थिक पक्षमा उल्लेख्य सफलता हात लाग्ने देखिन्छ।
मकर:-मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ
कुम्भ:-वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ ।
मीन:-ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ ।
ज्योतिष पं दिवाकर भेटुवाल
९८४०६१०२३९