नुवाकोटको सुर्यचौरमा बैशाख १ गते रेस्लिङ खेल हुने

नुवाकोट २७, चैत । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ।
रेस्लिङ शिवपुरी गाउँपालिकाको वडा नं ७ स्थित सुर्यचौरमा आयोजना हुने वडा नं ६ का वडाध्यक्ष लालबहादुर तामाङले तारकेश्वर अन्लाईनलाई जानकारी दिए ।
रेस्लिङमा राष्ट्रिय रिङरेस्लिङ विजेता नुवाकोटे टाइगर लागायतका राष्ट्रिय स्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तामाङले बताए ।
२७ चैत्र २०७७, शुक्रबार