शिवपुरी अध्यक्ष गोल्डकप विजेता खेलाडीलाई विदुर नगरपालिकाद्धारा नगद सहित सम्मानपत्र प्रदान

नुवाकोट २८, चैत । शिवपुरी अध्यक्ष कप अन्तर पालिका फुटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई शुक्रबार विदुर नगरपालिकाद्वारा सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

नगर खेलकुद विकास समिति विदुरको आयोजनमा भएको सम्मान तथा नगद पुरस्कार वितरण कार्यक्रममा विदुर नगरपालिकाको तर्फवाट विजेता स्वरुप प्राप्त नगद रु,६ लाख रुपैयाँमा कर कट्टि करि वाकि रहेको ५ लाख पचासि हजार रुपैयाँ जनहि २९ हजार दुई सय पचास रुपैयाँको दरले खेलाडीहरुलाई वितरण गरिएको छ । साथै नगरपालिकाको तर्फबाट थप पाँच पाँच हजार रुपैँया प्रदान गरिने घोषणा गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाईनलमा चार गोल गर्ने आकाश रानामगरलाई नगद रु,२५ हजार तथा उत्कृष्ट गोलकिपर सुर्य तामाङलाई नगद १० हजार प्रदान गरिने विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताए ।

मेयर पण्डितले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विदुर नगरपालिकाको इज्जत वढाई दिएकोमा सम्पुर्ण खेलाडिहरुलाई धन्यवाद दिदै आर्थिक प्याकेज सहित जीवन निर्वाह गर्न सक्नेगरि खेलकुदमा चमत्कारि वजेट विनियोजन गर्ने वताए।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष उद्धव पनेरुले समग्र विदुरको खेलकुदलाई विकास र विस्तार गर्ने उद्देश्यले गठन भएको विकास समितिले उद्धेश्य अनुरुप सबैको सल्लाह र सुझावमा काम गर्ने बताउँदै विजेता खेलाडिहरुलाई वधाई तथा शुभकामना दिदै छिट्टै नगर स्तरिय प्रतियोगिता गर्ने जानकारि दिए।

कार्यक्रममा पत्रकार महासंघ वागमति प्रदेशका अध्यक्ष शिव देवकोटाले खेलकुदमा संन्चार क्षेत्रको महत्वपूर्ण स्थान रहेको बताउँदै विदुर नगरपालिकाले खेल क्षेत्रमा गरेको लगानी उत्साहजनक रहेको बताए । ।

खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा एमाले नुवाकोटका सचिव बुद्धि प्रधानले नुवाकोटको समग्र खेलकुदको मेरुदण्ड सदरमुकाम विदुर रहेकोले विदुर भित्र थुप्रै खेलकुदका संरचना र गतिविधि आवश्यक रहेको वताउदै राष्ट्रिय र क्षेत्रिय स्तरका संरचनाहरुको निर्माणले तिव्रता पाएको वताउदै विदुर नगरपालिकाले खेलकुदको विकास र बिस्तारमा दिल खोलेर लगानि गरिरहेको वताउदै अझै व्यवस्थित र व्यावसायिक खेलक्षेत्र बनाउन सबैको सहयोग र सल्लाहको आवश्यक रहेको बताए।

कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गिता दाहालले खेलकुदले सामाजिक र भावनात्मक सम्वन्धमा सुधार सङ्गै मानशिक र शारिरीक अभिवृद्धिमा पनि महत्वपुर्ण भुमिका रहने हुदा नगरपालिका सधै खेलक्षेत्रमा लगानि गर्न तत्पर रहेको बताइन ।

कार्यक्रममा विदुर नगरपालिका वडा न १ का वडा अध्यक्ष लेलिन रन्जितले उत्कृष्ट खेल खेल्ने आकास रानामगरलाई व्यक्तिगत पाँच हजार रुपैया प्रदान गरेका थिए भने शिक्षा शाखाका निरिक्षक तुलध्वज खतिवडाले खेलाडिहरुको लागि व्यक्तिगत पाँच हजार प्रदान गरेका थिए।

२८ चैत्र २०७७, शनिबार