कोरोना कहर: कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस

तारकेश्वर २९, चेत । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण जोखिम बढ्दै गएको र भयावह हुनसक्ने भन्दै सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।

विद्यालय बन्द भएपनि अनलाइनबाट पठनपाठन भने गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि यसअघि नै विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । त्यस्तै, बैठकले कोरोना संक्रमण फैलन सक्ने भन्दै थप स्वास्थ्य सतर्कता अपनाउन पनि सबैमा अपील गरेको छ ।

त्यस्तै, बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसी लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

२९ चैत्र २०७७, आईतवार