पोखराको चरक मेमोरियल अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

तारकेश्वर ३०, चैत । पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएर चरक मेमोरियल हस्पिटलमा उपचाररत दुई पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

चैत २३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँको शुक्लागण्डकी घर भएका ५१ वर्षीय पुरुषको हिजो २९ गते आइतबार तथा चैत २० गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार मृत्यु भएको गण्डकी स्वास्थ्यका निर्देशक डा विनोद विन्दु शर्माले बताए ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

३० चैत्र २०७७, सोमबार