आज मिति २०७७ साल चैत ३१ गतेको राशिफल

आजको पंचांग
२०७७ साल चैत्र ३१ गते मङ्गलबार
१९४३ शंक सम्वत, ११४१ ने.सं.
राक्षस नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
चैत्र शुक्ल पक्ष प्रतिपदा बिहान ०९:१७ सम्म
नक्षत्र- अश्विनी दिउसो १:३१ सम्म त्यसपछि भरणी
योग-बिश्कुम्भ दिउसो ०३:२४ बजेसम्म
करण-वब बिहान १०:३० बजेसम्म
चन्द्रमा- मेष राशि
तदनुसार अप्रिल १३ २०२१
आजको राशिफल
मेष:- भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।
वृष:-दिन आनन्दपुर्वक बित्नेछ। मनोरंजनको प्रसंगमा मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको सहयोगले आनन्द मिल्नेछ। मित्रको साथसाथै बसाई , पर्यटनको आयोजन हुन सक्छ। लेखनकार्यको लागि दिन निकै अनुकुल रहनेछ। साझेदारीबाट लाभ हुनेछ।
मिथुन:-प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ ।
कर्कट:-आत्मविश्वासको कमीले पछि परिनेछ। ब्यापार ब्यबसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
सिंह:-धार्मिकार्यमा मन जानेछ। मन प्रफुल्ल रहनेछ। कर्मचारी बर्गमा पदोन्नति को योग छ भने ब्यपारीहरुको पनि दिन अनुकुल नै रहनेछ।मान सम्मान पनि प्राप्त होला।
कन्या:-आज क्रोधलाई नियन्त्रणमा राख्नुमै उचित हुनेछ। अनिष्ट हुनबाट बच्नु होला।खर्च अधिक हुने देखिन्छ। स्वजन संग मनमुटाव होला। मानसिक तनाव हुने योग छ।
तुला:-धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ ।
वृश्चिक:-आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।
धनु:-दिन आर्थिक दृष्टिकोणले दिन लाभदायी रहेको छ। स्वादिष्ट वा उत्तम भोजन, सुन्दर वस्त्र एवम् सज्जा तथा मित्र एवम् परिवारसँग दिन मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य पनु शुभ रहनेछ। धनको अधिक व्यय नगर्नुहोला।
मकर:-उपहार मिल्नाले मन आनन्दित रहनेछ।निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला।घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कुम्भ:-अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल आंशिक लाभांश प्राप्त हुनेछ। प्रियजनको साथले आशा जगाउनेछ।
मीन:-आजको दिन रमाइलो सङ्ग बित्ने छ। स्वादिष्ट भोजन र नयाँ बस्त्र को योग रहेको छ। बाहन सुख प्राप्त होला। सार्वजनिक क्षेत्रमा पनि मानसम्मान पाइएला। भरपुर मनोरञ्जन मिल्ला।
ज्योतिष पं दिवाकर भेटुवाल
९८४०६१०२३९