तत्काल कुनैपनि क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषदको निर्णय

तारकेश्वर ३१, चैत । हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नहुने जनाएको छ ।

सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने निश्कर्ष निकालेको छ ।

सोमबारको बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको भएता पनि स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने बताएको छ ।