एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
तारकेश्वर ३१, चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु एक महिना बन्द गर्न सिफारिस गरेको छ ।
यस एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन समेत स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।
अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएले विद्यालय क्षेत्र यस महामारीको जोखिममा रहेको मन्त्रालयले बताएको छ ।
यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन ।