मन्त्रिपरिषद्को निर्णय अटेर गर्दै तारकेश्वर नगरपालिका, निजी विद्यालयको प्रभावमा स्कुल बन्द नगर्ने जिकिर

तारकेश्वर ६, वैशाख । कोरोना संक्रमणको स्थिति बढ्दै गइरहेको भएतापनि तारकेश्वर नगरपालिका तत्काल विद्यालय बन्द नगर्ने पक्षमा रहेको पाइएको छ ।

तारकेश्वर नगरपालिकामा कोरोनाको जटिल स्थिति नआएको भन्दै तारकेश्वर नगरपालिकाले तत्काल विद्यालय बन्द नगर्ने स्पष्ट बताईसकेको छ ।

तारकेश्वर नगरपालिकामा सन्चालित सामुदायिक तथा संस्थागत कुनैपनि विद्यालय स्वास्थ्य मापदण्ड अनुसार सन्चालन भएको देखिँदैन ।

तारकेश्वर नगरपालिकाले विद्यालय क्षेत्रमा अनुगमन गर्नको लागि स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुगमन समिति गठन गरेको भएतापनि समितिले आजसम्म कुनैपनि विद्यालयमा अनुगमन गर्न नआएको विद्यालयहरुले बताईरहेका छन् ।

तारकेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्रीको संयोजकत्वमा गठन भएको ४ सदस्यिय समिति भएको छ ।

उक्त समितिले तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयमा कोरोना अवस्था र स्वास्थ्य मापदण्डका विषयमा रहेर अध्ययन एवं अनुगमन गर्ने शिक्षा शाखा प्रमुख पदमबहादुर खत्रीले जानकारी दिए ।

तारकेश्वरमा कतिपय अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालय पठाउन छाडिसकेका छन् ।

त्यस्तै सोमबार नेपाल सरकारले पनि विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ।