अशिम कुमार कटुवाल र मेनुका परियारको ‘लेकमा भेडी’ गीत सर्वत्र बजारमा

काठमाडौं । दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका वडा नम्बर २ मा जन्मिएका सर्जक तथा गायक अशिम कुमार कटुवाल पछिल्लो समय गित संगीत क्षेत्रमा निकैनै बेस्त देखिन्छन । बुबा गंगा बहादुर कटुवाल र आमा मैयाँ माया कटुवालको कोखबाट कटुवालको जन्म भएको थियो ।

नेपाली गीत संगीत भनेपछी सानो उमेर देखिनै मरिहत्ते गर्ने स्वाभावका कटुवालले आफ्नो लय र शब्दमा अनेकौं गीतहरु बजारमा ल्याइसकेका छन् ।

पछिल्लो समयमा अशिम कुमार कटुवाल र मेनुका परियार को संयुक्त प्रस्तुतिमा आएको ‘लेकमा भेडी’ गितलाई धेरै श्रोताहरुले मन पराउँदै टिकटक समेत बनाइरहेको पाइन्छ । बजारमा आफ्नो गीत धेरै श्रोताहरुले मनपराए सँगै येतिबेला काटुवाल र परियारलाई गीतले उर्जा दिएको छ ।

सुरुमा उत्कृष्ट सर्जक भनेर चिनिने अशिम कुमार कटुवाल अहिले गायक को रुपमा पनि चिनिन थालेका छन् । कटुवालको उत्कृष्ट शब्द सृजना तथा लयमा सजियको गीतमा गायिका मेनुका परियारले स्वरमा साथ दिएकी छिन् ।

‘लेकमा भेडी’ भिडियोमा मनोज बुढाथोकी र आयुष्मा कार्कीको दम्दार रोमान्टिक अभिनय देख्न सकिन्छ । संगीत क्षेत्रमा हरेक कामलाई अवलोकन गर्दै आएका कटुवाल अहिले ‘लेकमा भेडी’  गितबाट अन्य गितको पनि अफर आएको बताउनुहुन्छ ।

कटुवाल पछिल्लो समयमा संगीत क्षेत्रमा निकै बेस्थ देखिन्छन् । दर्शक श्रोताहरूबाट अत्यधिक गीतको माग आइरहेकोले आजभोलि देशको समयलाई नियाल्दै केही शब्दहरु कोर्नमा बेस्त भएको तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

२०६५ साल देखि गित सांगीतिक क्षेत्रमा लागेका कटुवाल व्यवसायिक रुपमा नेपाली दोहोरिमा रमाउँदै आएका छन् । कटुवालको बेशी खेतैमा जौ , फुल फुल्यो पहेलै , आँसु मा डुबेर , घोर्ले स्याल , रातो टीका , फेरि आयो दशै , पल्टनेलाई के दशैँ के तिहार , पिउने बानी भो , बाध्यता ले प्रदेशी हुँदै छु , दोलखा भेटौला , दोलखा चरिकोट , साइला मादल बजाउ , दाग बत्ती , पागल बन्दै छु , बालै भएन ठुलि , खाली भो निधार , लाउन आइनौ तिहारमा भाइ टीका आदि लगायतका नेपाली समाजको सामाजिक, साँस्कृतिक, आर्थिक अवस्थाको यथार्थ चित्रण गरिएको नेपाली लोकदोहोरि गीतहरले बजारमा सफलता प्राप्त गरिसकेको छ ।

 

६ बैशाख २०७८, सोमबार