ॐ शिवपुरी वचत तथा ऋण सहकारीको भवन शिलान्यास
तारकेश्वर १२, वैशाख । तारकेश्वर नगरपालिकाको वडा नं २ स्थित काभ्रेस्थली ठाँटीमा रहेको ॐ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गर्ने भएको छ । शनिबार तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बोहोराले केही सहकारी संस्थाहरुले बजारमा ठगी गरेकोले अरु सहकारी संस्था्ा पनि त्यसको नराम्रो असर पर्न गएको बताए । हाल भाडाको घरमा बसेर आर्थिक कारोबार सञ्चालन गरिरहेको सहकारीले करिब २ करोडको लगानीमा ६ कोठे भवन निर्माण गर्ने वडा नं २ का वडाध्यक्ष तथा संस्थाका अध्यक्ष रविन्द्र केसीले जानकारी दिए । २०६५ सालमा स्थापना भएको सहकारीमा सुरुवाती अवस्थामा २५ जना सदस्य संख्या पुर्याउन धौधौ परेको थियो अहिले सहकारीमा ३ हजार सदस्य संख्या पुगेको संस्थाका अध्यक्ष केसीले बताए । सहकारीको विभिन्न क्षेत्रमा गरिएको लगानी र वचत गरि ३१ करोड पुँजी रहेको छ । ॐ शिवपुरी वचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेस्थलीमा पहिलो वचत तथा ऋण सहकारी संस्था हो ।
१२ बैशाख २०७८, आईतवार