मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन घोषणाको तयारी
काठमाडौं, १३ वैशाख । सरकारले कोरोना महामारी नियन्त्रणबारे निर्णय गर्ने तयारी गरेको छ ।
महामारी नियन्त्रणका बारेृमा प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।
स्रोतका अनुसार मन्त्रिपिरषदले लकडाउन गर्नेबारे निर्णय लिने सम्भावना छ ।
आइतबार उपत्यकाको तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले लकडाउन वा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।
सीसीएमसीले पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय संक्रमित भएका जिल्ला कोभिड व्यवस्थापन केन्द्रले निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ ।