नुवाकोटको शिवपुरी गाउँपालिकामा बुधबारबाट सम्पूर्ण विद्यालय बन्द हुने
नुवाकोट १४, वैशाख । नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय १५ गते बुधबारबाट बन्द हुने भएको छ ।
गाउँपालिकाले सोमबार एक सुचना प्रकाशित गर्दै १५ गते बाट गाउँपालिका भित्रका सरकारी र संस्थागत सम्पुर्ण विद्यालय बन्द हुने बताएको हो ।
साथै सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले सबै प्रकारका परीक्षाहरु पनि स्थगन गर्ने निर्णय गरेको शिवपुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
कोभिड -१९ को दोस्रो लहरको संक्रमण देशव्यापी रूपमा फैलिरहेको अवस्थामा विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै अर्को सुचना प्रकाशित नभएसम्मको लागि विद्यालय बन्द हुने जानकारी दिएको छ ।
१४ बैशाख २०७८, मंगलवार