नेकपा एमाले नुवाकोटका नेता केशवराज पाण्डे मन्त्री बन्दै
नुवाकोट १५, वैशाख । नेकपा एमाले नुवाकोटका नेता एवं एमाले बागमती प्रदेश सचेतक केशव पाण्डे बाग्मती प्रदेशको मन्त्रीमा सिफारिस भएका छन ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद विस्तार एवं पुनर्गठन गर्ने क्रममा नुवाकोटका केशवराज पाण्डे सहित ११ सदस्यिय मन्त्रीमण्डल गठन गरेका हुन ।
पुनर्गठित मन्त्रीमण्डलमा रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको हो ।
नवनियुक्त मन्त्रीहरुमा नुवाकोटका केशवराज पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामा, दोलखाकी सरस्वती बस्नेत, धादिङका रामकुमार अधिकारी, चितवनका कृष्ण भुर्तेल, विजय सुवेदी, ललितपुरका ज्ञानेन्द्र शाक्य, काठमाडौंका अजय क्रान्ति शाक्य लगायत रहेका छन् ।
बुधबार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूलाई सपथ गराउने नेकपा एमाले नुवाकोटका नेता रामनाथ खनालले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
खनालले तारकेश्वर अनलाईनसँगको कुराकानीमा पाण्डेले बागमती प्रदेशको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको बताए ।
१५ बैशाख २०७८, बुधबार