नुवाकोटको लिखु गाउँपालिकामा सम्पुर्ण विद्यालय बन्द

नुवाकोट १५, वैशाख । नुवाकोटको लिखु गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय आज १५ गते बुधबारबाट बन्द हुने भएको छ ।

गाउँपालिकाले बुधबार एक सुचना प्रकाशित गर्दै आजैबाट लागुहुने गरि गाउँपालिका भित्रका सरकारी र संस्थागत सम्पुर्ण विद्यालय बन्द हुने बताएको हो ।

साथै बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सबै प्रकारका परीक्षाहरु पनि स्थगन गर्ने निर्णय गरेको लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति महेश्वर पाण्डे तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरको संक्रमण देशव्यापी रूपमा फैलिरहेको अवस्थामा विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै अर्को सुचना प्रकाशित नभएसम्मको लागि विद्यालय बन्द हुने पाण्डेले बताए ।

१५ बैशाख २०७८, बुधबार