राष्ट्रिय महिला अधिकार मन्चले प्रहरीलाई माक्स बितरण गर्दै मजदुरलाई खाना खुवाएर श्रमिक दिवस मनायो ।

काठमाडौ राष्ट्रिय महिला अधिकार मन्च काठमान्डौँले मे १अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा फ्रन्ट लाइनमा काम गर्ने नेपाल प्रहरी र ट्रफिक प्रहरीलाई माक्स बितरणका साथै मजदुरलाई खाना खुवाएर दिवस मनाएको छ ।
राष्ट्रिय महिला अधिकार मन्च काठमान्डौँले प्रहरी मेरो साथी भन्ने स्वलोगनको उच्च सम्मान गर्दै कोभिडको बेला उहाँहरुको मनोबल उच्च राख्न हौसला स्वरुप प्रहरी सँग सहकार्य गर्दै सोह्रखुट्टे सामुदायिक प्रहरीलाई र ट्राफिक प्रहरीलाई माक्स हस्तान्तरण गरेको मन्चको महिला अधिकारकार्मी रमिला योन्जनले तारकेश्ववर अनलाइन लाई जानकारी दिईन।
अधिकारकर्मि योन्जन भन्छीन ,प्रहरी आफ्नो परिवार बाट टाढा रहेर फन्टलाइनमा बसेर आफु जोखिममा रहेर हामीलाइ सुरक्छा प्रदान गर्नुहुन्छ भने हामीले पनि उहाँहरुलाई सानो भएपनि सहयोग गर्नु जरुरी हुन्छ ।
कोरोनाको महामारीले निम्त्याएको लक् डाउनले काम , माम खोसिएको श्रमिकहरु लाई सानो प्रयास गरि एक छाक त खुवायौ तर आगामी दिनमा ६० % आर्थिक योगदान दिने आनौपचारिक क्षेत्रको बारेमा सरकारले सोच्नु पर्ने अत्यन्तै जरुरि देखिन्छ ।
जब सम्म सम्पूर्ण श्रमिक हरुको सम्मान एक रुप ले हुदैन ,श्रमिक दिवशको सार्थकता रहन्न।उक्त कार्यक्रममा राष्ट्रिय महिला अधिकार मन्च र अधिकारकर्मी रमिला योन्जनको ब्यक्तिगत तर्फबाट मजदुरहरुको श्रमको उच्च सम्मान गर्दै कोभिडको कारण काम बन्द भएर समस्यामा पर्नुभएको मजदुरहरुलाई खाना खुवाएर मजदुर दिवस सफल परेको जानकारी दिईन
उक्त कार्यक्रममा ब्लोदन नेपालका आर बि ठकरी ज्यु बसन्तपुर मन्चको अध्यछ निरु श्रेष्ठ सक्रिय सदस्य सालु शाक्य र भोजराज घिमिरे लगाएतका ब्यक्तित्वहरु उपस्थित रहेको थियो ।