नेपाली काङ्ग्रेस नुवाकोटले पार्टी कार्यालय कोभिड अस्पतालको रुपमा सञ्‍चालन गर्ने 

नुवाकोट, २० वैशाख । नेपाली कांग्रेस नुवाकोटले जिल्ला पार्टी कार्यालय कोभिड अस्पतालको रुपमा सञ्‍चालन गर्न सकिने बताएको छ ।

उक्त पार्टी कार्यालय अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग हुनेछ । सोमबारको नेपाली कांग्रेस जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

पछिल्लो समय नुवाकोटमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण तिब्र रुपमा फैलिएकोले कोभिड संक्रमितहरुलाई व्यवस्थापन गर्न विदुर स्थित नेपाली कांग्रेसको जिल्ला कमिटीको पार्टी कार्यालयमा करिब १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन लागीएको हो ।

उक्त कार्यलयमा करिब १२० शैयाको कोभिड अस्पताल बनाउन सकिनेछ । नेपाली कांग्रेसले आफ्नो भवनमा अस्पताल सन्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश नरसिंह केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

तारकेश्वर अनलाईनसँगको कुराकानीमा  सभापति केसीले सरकारले नसकेमा नेपाली कांग्रेस नुवाकोटले अन्य सहयोग पनि गर्न तयार भएको बताए ।

नुवाकोटका हरक नागरिकको जीवन रक्षाका लागि कांग्रेस साथमा रहने प्रतिबद्धता काङ्ग्रेसले जनाएको छ ।