नुवाकोटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन ९१ जनामा कोरोना संक्रमण

नुवाकोट २१, वैशाख । नुवाकोटको त्रिशुली अस्पतालमा मंगलबार गरिएको परिक्षणमा एकैदिन जिल्लाका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाकारी दिएको छ ।

त्रिशुली अस्पतालमा मंगलबार गरिएको परिक्षणमा जिल्लामा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

त्रिशुली अस्पतालमा आज ८० जनाको पिसिआर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै आजै अस्पतालले रसुवाका ८ जनाको पिसिआर परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धादिङका ३३ जनाको पिसिआर परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. पाण्डेले जानकारी दिए ।

नुवाकोटमा आज भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हुन् ।

२१ बैशाख २०७८, मंगलवार