अक्सिजन अभावले गर्दा कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने चार अस्पतालको यस्तो विज्ञप्ति
काठमाडौं, २५ बैशाख । अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने काठमाडौका चार अस्पतालले घोषणा गरेका छन् । मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।
२५ बैशाख २०७८, शनिबार