प्रधानमन्त्री केपी ओलीले प्राप्त गरेनन् विश्वासको मत, १२४ मत विपक्षमा

तारकेश्वर, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन असफल भएका छन् ।

संविधान अनुसार आफ्नो सरकारलाई बहुमत सांसदको समर्थन रहेको पुष्टि गर्न प्रधानमन्त्रीले संसदमा सोमबार विश्वासको मत लिएका थिए । तर, विश्वासको मतमाथि भएको मतदानमा जम्मा ९३ जना सांसदलेमात्र मतदान गरेपछि ओली अल्पमतमा परेका हुन् । ओलीको विपक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मतदान गरेका हुन् । यद्यपी जसपाको पूर्व राजपा पक्ष तटस्थ बसेको छ । ओलीको विपक्षमा १ सय २४ मत परेको छ । तटस्थमा १५ मत परेको छ । संसदको मतदानमा २ सय ३२ सांसदले भाग लिएका थिए ।