बुद्धभुमि हाइड्रो पावर कम्पनीद्वारा नुवाकोटको खरानीटार अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान
नुवाकोट ३१, वैशाख । बुद्धभुमि हाइड्रो पावर कम्पनीले नुवाकोटको खरानीटार अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।
हाइड्रो पावर कम्पनीले आधा दर्जन भन्दा बढी अक्सिजन सिलिन्डर अस्पताललाई दिइसकेको र अन्य सिलिन्डर काडमाडौँबाट अक्सिजन ग्यास भरेर अस्पताल लैजाने तयारी गरिरहेको तादी गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डेले जानकारी दिए ।
नुवाकोटको जनता अक्सिजन कै अभावमा मर्न नपर्ने : हाइड्रो पावर अध्यक्ष पुर्णलाल श्रेष्ठ
नुवाकोटको तादी गाउँपालिका स्थित खरानीटार अस्पतालमा भर्ना भएका बिरामीहरुमा अक्सिजनको अभाव भएको खबर पाएपछि हाइड्रो पावरमा रहेको अक्सिजन सिलिन्डरहरु अस्पताललाई वितरण गरेको बुद्धभुमि हाइड्रो पावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले बताए ।
‘कुनै पनि मानिसले अक्सिजनकै अभावका कारण ज्यान गुमाउनु नपारोस भन्ने उद्देश्यका साथ बुद्धभुमि हाइड्रो पावर कम्पनीले निःशुल्क अक्सिजन वितरणको कामलाई अघि बढाएको छ,’ बुद्धभुमि हाइड्रो पावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले भने ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणको कारण नुवाकोटमा पनि विषम परिस्थिति सिर्जना भइसकेकोले सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि नेपाल बुद्भभमि हाइड्रो पावर कम्पनीले आफुसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई वितरण गरेको हो ।