पूर्व सांसद बहादुरसिंह लामाद्वारा किस्पाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

नुवाकोट, ८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा र नेपाली कांङ्ग्रेस किस्पाङ-काठमाडौं सम्पर्क समितिद्वारा संयुक्त रुपमा नुवाकोटको किस्पाङ गाउँपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको छ ।

उक्त समितिले ५ हजार पिस माक्स, औषधि सेट, ५ पिस अक्सोमिटर, १० सेट पिपिई र ६० लिटर सेनिटाइजर रहेको गाउँपालिकाका अध्यक्ष छत्रवहादुर लामाले जानकारी दिए ।

देशव्यापी रूपमा फैलिरहेको कोरोना महामारीले नुवाकोटमा पनि समुदाय स्तरमा तिव्र गतिमा बढीरहेकोले यस्तो विषम परिस्थितिमा गाउँपालिकालाई केही सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सांसद लामाले बताए ।